१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

जेपी पथमा ईमानसिंह: यसकारण बन्नुपर्छ राप्तीको मेयर


५ वैशाख, चितवन । ईमानसिंह लामाको जन्म बि.स २०३० सालमा मकवानपुर जिल्लाको खैराङ भन्ने ठाउँमा भएको थियो । बसाइँसराइको क्रममा उनी आठ बर्षको उमेरमै हुँदा चितवन जिल्लाको पहाडी भेग कोराकमा बसाइँसराइ आउनुभएको थियो । पहाडी जीवन अत्यन्त कष्टकर थियो । त्यसबेला पढाईलेखाइ कमहुने मानिसहरु शिक्षाको कमिहुने । त्यसबेला देखी नै लामा पढाईमा अब्बल रहेका थिए । त्यसबेला पनि लामा कोराक गा.बि.स भरीनै S.L.C पास गर्ने दोस्रो ब्यक्ती बन्नुभएको थियो । उनको S.L.C पछिको यात्रा साबिक पिप्ले गा.बि.सको गड्यौली नि.मा.बि हालको बुद्धशान्ति उच्च मा.बि मा भएको थियो ।

हाल उनले बौद्ध दर्शनम त्रिभुवन बिश्वबिधालय बाट P.H.D समेत गर्नुभएको छ । बिधालय , कलेजमा शिक्षण कामको लामो अनुभव बटुलेका लामा जि.बि.स समन्वय समिति चितवनको उपाध्यक्ष हुँदै नेपाल सरकार सस्कृती , पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय अन्तरगत लुम्बिनी बिकास कोषको कार्यकारी प्रमुखको जिम्मेवारी समेत सम्हालि सकेका लामा बि.स २०५४ सालमा स्थानीय निर्बाचनमा कोराक बाट निर्बिरोध निर्बाचित वडा अध्यक्ष समेत भएका थिए ।

चितवन जिल्लाका सात पालिकाको प्रमुख,उप-प्रमुख मध्य जिल्लाभरनै सबैभन्दा बढी भारी मत-अन्तरले बिजयी भएका थिए । सदैब दुखी , गरिब , बिपन्नहरुको सेबामा लामा तल्लीन रहेका छन । त्यस क्रममा लामा उप-प्रमुखमा निर्बाचित भएपछी पनि सधै दुखी , गरिब , असाहय , अशक्त , अपांग , दीर्घरोगी , बिरामी बुवाआमाको सेवामा लाग्ने अठोट गर्नुभयो । निष्कपक्ष , न्याय , जनताको समस्याको प्राथमिकता गरेर समाधान गर्नुपर्ने अठोट लिएर अगाडी वढ्नुभयो ।

बिकास निर्माणका काममा निष्पक्षता , न्यायमा निष्पक्षता प्राय सबै प्रतिनिधिहरुले गर्ने जिबनमा कहिले बिर्सन नसकिने अमर-अमर साहसी कार्य गरेर देशभरिकै जनप्रतिनिधिहरुको गौरव समेत बढाए । को सुकै जनता आफ्नो कार्यलयम कहिलेपनि कुर्नु पर्ने अवस्था सिर्जना भएन । कुनैपनी फाइल अडकिएर बसेन ।

बिश्वभरिनै कोरोना भाइरस महामारी फैलिरहेकोबेला २०७६ साल फागुन देखि हाम्रो देश लकडाउनले ठप्प रह्यो । देश पुर्णरुपमा ठप्प , यातायात गुडने सडकमा कमिला हिडिरहेका थिए । एक परिबारका सदस्यले अर्को परिबारका सदस्यलाई छुन डराउने अवस्था थियो । छोराले बुवालाई , छोरीले आमा लाई , श्रीमानले श्रीमतीलाई समेत छुन नजिकहुन डराउथे , डराउन पर्ने अवस्था पनि थियो । किनकी त्यो रोग लागेपछि न पैसाले बचाउन सक्थ्यो न पावरले बचाउन सक्थ्यो । बहालवाला संसद , मन्त्रीहरुको मृत्यु भैरहेका थिए । राजदुतहरु लगायत ठुला सम्पन्न धनाड्य्हरुको मृत्यु भैरहेका थिए ।

३५/४० बर्षका उमेरका नब-जवानहरु समेत ढलिरहेका थिए । त्यस्तो बिकराल अवस्थामा-नियमितको उपचार गर्नुपर्ने दिर्घरोगिहरुको हाम्रो कालनै भएर आएछ त्यो लकडाउन भरी ती दिर्घरोगिहरुको आफ्नो दिन समेत गनि रहेका थिए । त्यो जोखिममा , त्यो जटिल परिस्थितिमा पनि आफ्नो जिबनको कुनै प्रवाह नगरी जनताको सेवामा काम गर्दागर्दै मरिन्छ भने मरियोस भनेर एकदिन त सबै मर्नैपर्छ भन्दै बाबा-आमाहरुलाई आफै चालक बनेर घर-घरसम्म डोर्याउदै गाडिमा चढाउदै , ओराल्ने , घरबाट हस्पिटलसम्म ल्याउने लाने गरेर कयौं बिरामीहरुलाई बचाउने कार्य गरेका थिए । ती दिन र पलहरुलाई सम्झदा कहाली लाग्छ भन्नुहुन्थ्यो । दिर्घरोगी नभएका घर परिबारहरुलाई त यो सामान्य लाग्न सक्छ तर जसको घरमा यो पीडा छ जसलाई परेको छ उसलाई थाहा छ कि यो बेदना पिर के हो भनेर ।

यसरी जनताको सेवाको लागि आफ्नो जिबननै अर्पण गर्ने तयारहुने जनप्रतिनिधि निश्चयनै बिरलै पाइन्छ । त्यति मात्र होइन आफु लाई सरकारले दिने तलब-भत्ता तथा सेवा-सुबिधा समेतको रकम आफ्नो ब्यक्तिगत रुपमा खर्च गर्दैछन । ती रकमबाट प्रत्येक बर्ष अति , बिपन्न , एकल महिला , अशक्त , अपांग , असाहयहरुको घर निर्माणमा खर्च गर्ने गरेका छन । यस्ता जनप्रतिनिधि बिरलै पाइन्छ । विभिन्न वडामा आफ्नै रकम भत्ताबाट घर निर्माण गरेका छन ।

लकडाउनको समयमा अति बिपन्न अशक्त अपांगहरुको घर-घरमै आफैले खाद्य सामग्रीहरु पुर्याएका थिए । त्यसैले नै त होला सबै नगरबासी जनताहरुले भनेको सुन्छु “जहाँ दु:ख , जहाँ समस्या , जहाँ अभाव , जहाँ पीडा , त्यहाँ उप-मेयर ईमानसिंह लामा पुगेको देख्छु भन्ने सर्बाधिक चर्चा छ ।

न्यायको छेत्रमा पनि उप-मेयर न्यायिक समितिको प्रमुख हुने ब्यबस्था छ । ईमानसिंह लामा उप-प्रमुखले निष्पक्ष न्याय दिन्छन भन्ने चर्चा-परिचर्चा पनि छ । त्यसकै बास्तबिकता प्रमाण पनि हो । राप्ती नगरपालिकामा भएका फैसला विरुद्ध कुनै एक-जनाले पनि पुनरावलोकन गरेको केश छैन र सरकारको मुल्यांकन पनि १००% मा १००% नै मत प्राप्त गर्ने नगरपालिका देशभरीमै राप्ती नगरपालिका रहेको छ ।

विभिन्न कारणले नेपाली नागरिकता बनाउन नसक्ने र राज्यको सेवा-सुबिधाबाट समेत बन्चित भैई बिचल्ली अबस्थामा रहेका कयौं वृद्ध , अशक्तहरुलाई आफैले घरमै पुगेर जिल्ला प्रशासन कार्यलयमा आफै चालक बनेर आफै जिम्मेवारीमा सनाखत गरेर कयौं बेबारिसे जस्तै भएर बिचल्लीमा रहनुभएकाहरुलाई नागरिकता दिलाउने काममा सहयोग गर्दै आएका थिए । प्रस्तुतीः निर्देशन त्रिपाठी

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ११:५१