२० कार्तिक २०८१, मंगलवार | Tue Nov 5 2024

चुनाव चिह्नबारे दायर रिटमा अन्तरिम आदेशबारे छलफल

५ वैशाख, काठमाडाैँ । नेपाल सुशासन पार्टीले निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज अन्तरिम आदेशबारे छलफल हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पक्ष र विपक्षबीच छलफल हुने भएको हो ।

रिट निवेदकको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्य अन्तरिम आदेशबारेको छलफलमा सहभागी हुनेछन् । विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।

यसअघि २८ चैत २०७८ मा न्यायाधीशहरू प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासमा अन्तरिम आदेशबारे छलफलका लागि रिटको पेसी तोकिएको थियो । तर, समय अभाव देखाउँदै त्यसबेला ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो ।

रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । उनले गत ९ चैतमा रिट दायर गरेका हुन् । रिटमाथि १३ चैतमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले रिटको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार ११:३०