१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

महानगर र उपमहानगरमा गठबन्धनको भागवण्डा टुंगियो, यस्तो छ प्रस्तावित सहमति


५ वैशाख, काठमाडौँ । पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंग्याएको छ । बालुवाटारमा बसिरहेको गठबन्धनमा सहमतिको प्रस्ताव प्रस्तुत भएको छ । बैठकमा सहभागी एक कांग्रेस नेताका अुनसार रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार पारेको सहमतिको ड्राफ्टमाथि अहिले छलफल भैरहेको छ ।

सहमतिको प्रस्ताव अनुसार काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनेछ । त्यस्तै भरतपुरमा माओवादीले मेयर पाउने छ भने उपमेयर सबै वडा कांग्रेसले पाउनेछ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व पाउने छ भने जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ । गठबन्धनको बैठकमा प्रस्ताव भएको महानगर र उपमहानगरको भागवण्डा तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १०:५०