१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

गठबन्धन आफ्नै पापको भारीले किचिदैछः वरिष्ठ उपाध्यक्ष पोखरेल


४ वैशाख, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलीय गठबन्धन आफ्नै पापको भारीले किचिदै गएको बताएका छन । सामाजिक सञ्जलामा टिप्पणी गर्दै पोखरेलले चुनाव सार्ने षडयन्त्र भएकोले त्यसमा खबरदारी गर्न अपिल गरेका छन ।

पोखरेलले भनेका छन, ‘स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा खडा गरिएको गठबन्धन शायद आफ्नै पापको भारीले किचिदैछ ! विभिन्न बहानामा निर्वाचन सके टार्ने /नभए सार्ने अन्तिम आपराधिक योजनामा आफूले खडा गरेका ‘ सम्पूर्ण सेटिंग’ परिचालित गर्ने कोशिस गर्न खोजिदैछ ।सावधान हुनु र सबैतिरबाट खवरदारी गर्नु जरूरी छ !!’

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार २२:०१