१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बझाङको बुङ्गल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु 


-सुरेश धामी

४ वैशाख, बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गलनगरपालि वडा नं –८ दुनगैराका अन्दाजी २४ वर्षीय राजन बोहोराको आइतबार साझँ ६ बजेतिर बुङ्गल नगरपालिका वाडा नं ८ कै पारीसेला भन्ने ठाउँमा लघुजल–विद्युत मर्मत गर्नेबेलामा करेन्ट लागेर मृत्यु भएको बुङ्गल नगरपालिकामा वडा नं ८ का वडा अध्यक्ष शिवसंकर जाग्रीले बताए ।

बोहोरा सानिगाड लघुजल–विदद्युत आयोजनामा कामगर्ने अपरेटर हुन । प्रहरी घटनास्थल गइरहेको र घटना कसरी घट्यो भन्ने थप बिबरण आउन बाँकी छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार २०:३४