१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

जुगल गाउँपालिकाको अध्यक्षका लागि एमालेबाट चार जनाको नाम सिफारिस


४ वैशाख, सिन्धुपाल्चोक । नेकपा एमाले जुगल गाउँपालिकाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने आंकाक्षा देखाएका मध्ये गाउँपालिकाको अध्यक्षमा चार जनाको नाम सिफारिस गरेको छ । । पालिकाले युवा नेता जेपी सिलवाल वर्तमान अध्यक्ष होम नारायण श्रेष्ठ, दिलकुमार लामा र बर्तमन उपाध्यक्ष सिर्जना तामाङलाई जिल्लामा सिफारिस गरेको हो ।

जुगल पालिका कमिटीले सकेसम्म सर्वसम्मत रुपमा नै लैजाने कोसिस गरिरहेको पालिका कमिटीका अध्यक्ष छिरिङ लामाले बताए । पालिकाको ७ वटा वडा मध्ये ६ नम्बर वडा बाहेक सबै वडामा सर्वसम्मति चयन भैसकेको लामाले बताए । वडा नम्बर १ मा रेसम सिलवाल,, २ नम्बरमा चन्द्र कार्की लामा, ३ मा लक्ष्मण दोंङ, ४ मा प्रेम तामाङ, ५ मा रवीन्द्र घिमिरे र ७ मा छिरिङ लामालाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै ६ नम्बर वडामा पनि नन्दे श्रेष्ठ र माइला लामा आकाङ्क्षी हुन् । सकभर सर्वसम्मतिबाटै टुङ्गो लगाउने तयारी रहेको लामाले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार १८:५२