१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

जीविकोपार्जनका लागि आयस्राेतकाे माध्यम बन्दै आरन व्यवसाय


४ वैशाख, मुगु । मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्राेतकाे माध्यम बनेकाे छ । देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् ।

अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । सोरु गाउँपालिका-७ का नन्दलाल लावड फरक क्षमताका व्यक्ति हुन् । शारीरिक रूपमा अपांग भए पनि लावडले आरनबाटै चार जनाको परिवार धानेका छन् ।

आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, कामअनुसारको ज्याला पाउन नसकेको उनीहरूकाे गुनासाे छ । आरनबाट औजार बनाउन एक घण्टा लाग्ने गरेको, तर एक घण्टाको ज्याला एक माना चालम पाइने गरेको आरन व्यवसायी बताउँछन्को । आफुसँग राम्रो खेतीयोग्य जमिन नभएकोले यहि पेसाको भरमा जीविका चलाउनु परेको उनीहरू बताउँछन् ।

यस्तै स्थानीय सरकार बनेपछि दु:ख हटला भन्ने आशा थियो । तर, स्थानीय सरकारले यो पेसामा ध्यान नदिँदा दु:ख लागेको उनीहरू बताउँछन् । साथै बजारीकरणको औजारले गर्दा पुख्यौली पेसा हराउँदै जाने होकि भन्ने उनीहरूकाे आशंका छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार ११:३७