१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

माधव नेपालले एमाले छाड्नुको औचित्य पुष्टि नगरेपछि केन्द्रीय सदस्यसहित २७५ ले पार्टी छाडे


४ वैशाख, काठमाडाैँ । माधव नेपाललाई नव प्रतिगामीको संज्ञा दिंदै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकबन्धू कन्दङ्वा सहित २७५ जनालले पार्टी परित्याग गरेका छन ।

शनिवार प्रेस वक्तव्यमा निकालर केन्द्रीय सदस्य कन्दङ्वाले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीले सैद्धान्तिक र वैचारिक दृष्टिकोणले, पद्दति गत र प्रवृतिगत दृष्टिकोणले साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको भन्दै पार्टी परित्याग गरेका हुन ।

वक्तव्यमा पछिल्लो समय एमसीसी जस्तो राष्ट्रिघाती अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पुर्याई पार्टीलाई राष्ट्रघाती र नवप्रतिगामी कित्तामा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले यो पार्टीमा वसिरहन नैतिक रुपले नमिल्ने ठहर गरी स्वतन्त्र वामपन्थी नागरिकको रुपमा जीवन यापन गर्ने निर्णय गरेको उल्लेख छ ।

उनीसंगै केन्द्रीय सल्लाहकार समितिका गोपिचन्द्र गिरी, जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन । उनीहरूको बिज्ञप्तीमा पार्टीका २७५ जना समर्थकले पार्टी परित्या गरेको उल्लेख छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार १०:०८