१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बझाङमा कांग्रेस नेता चढेकाे जिप दुर्घटना, एक जनाकाे मृत्यु


-सुरेश धामी

४ वैशाख, बझाङ । बझाङमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो । दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्तलमै मृत्यु भएको छ। घाइते भएका १ जनालाई देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

जिपमा कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । प्रहरीका अनुसार जीप गएराति १२:४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार ०७:४९