१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

कांग्रेसका पूर्व सभापतिसहित भरतपुरका ५० नेताले दिए सामूहिक राजिनामा (सूचीसहित)


३ वैशाख, काठमाडाैँ । पार्टी माओवादीकरण भएको भन्दै पूर्व सभापतिसहित भरतपुरका ५० जना कांग्रेसका नेताले सामूहिक राजिनामा दिएका छन । भरतपुर महानगरपालिका १७ बेलुवाका नेता कार्यकर्ताले आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी उनीहरूले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको हो । पूर्व वडाअध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी सहित ५० जनाले सामूहिक राजिनामा दिएको कँडेलले बताए ।

पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ । उनीहरुले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । उनिहरुले पार्टी गठबन्धनका नाममा माओवादीकरण भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १५:४३