१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

कैलालीमा पनि फुट्यो गठबन्धन, कांग्रेस, माओवादी छाडेर जसपाको छुट्टै तालमेल


३ वैशाख, काठमाडाैँ । कैलालीमा पनि गठबन्धन फुटेको छ । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रमा भएको सहमतिविपरीत कांग्रेस, माओवादी छाडेर छुट्टै तालमेलको निर्णय लिएको छ । गठबन्धनको केन्द्रीय नीति विपरित जसपाले सत्ता गठबन्धनमा नरहेका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेर तालमेलको नयाँ घोषणा गरेको छ ।

कैलालीमा जसपाले केन्द्रको सहमति विपरित सत्ता गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग चुनावी तालमेल गर्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

कैलालीको सदरमुकाम धनगढीमा शनिबार पत्रकार सम्मेलन गरेर चार दलले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आपसमा सहकार्य गर्ने जानकारी दिएका हुन्। उनीहरुले वैशाख १ गते बसेको चार दलको बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक, वैचारिक र कार्यनीतिक सहमति भएको बताएका छन ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १५:१४