१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

कमजोरी सुधार्न तयार छाैँ, भोट एमालेलाई दिनुस् देशकालागि काम गर्छाैँः सांसद खतिवडा


२ वैशाख, नुवाकोट । नेकपा एमालेका नेता नारायण खतिवडाले केही कमजोरी भएको भए सुधार्न तयार रहेको तर भोट एमालेलाई नै दिन अनुरोध गरेका छन । उनले वैशाख ३० को स्थानीय निर्वाचनको कुरा गर्दै पाँच वर्षको कार्यकालमा एमालेले जितेका स्थानीय तहमा भएका काम र अन्य दलका नेताले जितेको स्थानीय तहमा भएका कामको लेखाजोखा गरेर भए पनि एमालेलाई देश र जनताका लागि थप काम गर्ने अवसर दिन अनुरोध गरेका छन ।

नेकपा एमाले नुवाकोटले शुक्रबार विदुरमा गरेको बृहद् जनासभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले बाटो बिराएर एमाले छाडेका केहीलाई गल्ती महशुष गरी एमालेमै फर्किन अनुरोध पनि गरेका छन । एकताका लागि प्रयास गर्दागर्दै केही साथीले छाडेर हिडेँको भन्दै उनले मुलधारमा बसेर काम गर्न अपिल गरेका छन । विगतमा कांग्रेसका नेताहरू देशकै अर्थमन्त्रालयको बागडोर सम्हालेर पटक पटक बसेपनि नुवाकोटमा विकास हुन नसकेको भन्दै उनले एमाले सत्तामा आएपछि नुवाकोटको विकासमा कायापलट भएको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १४:०५