१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

विदुर नगरपालिकामा पाँच दलीय गठबन्धनलाई धुलो चटाउने एमाले नेता गजुरेलको उद्घोष


२ वैशाख, नुवाकोट । नेकपा एमालेका नेता ठाकुर गजुरेलले वैशाख ३० को स्थानीय निर्वाचनमा विदुर नगरपालिकामा पाँच दलीय गठबन्धनलाई धुलो चटाउने बताएका छन । एमालेको बागमती प्रदेश कमिटीका सदस्य र विदुर नगरपालिकामा २०४९ र २०५४ सालमा दुई पटकसम्म एमालेका तर्फबाट विजयी भएका गजुरेलले अबको निर्वाचनमा पनि विदुरमा एमालेको नेतृत्वको विकल्प नभएको बताए ।

उनले एमालेले जनताको काम गरिरहेको भन्दै विदुरको लालकिल्ला आगामी निर्वाचनमा पनि कामय राख्ने बताए । उनले संघीय चुनावमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदबारको मुलगेटबाट प्रवेश गराउनका लागि एमालेले नुवाकोटको दुबै संघीय निर्वाचन क्षेत्र र चारवटै प्रदेश क्षेत्रमा शानदार रूपमा विजयी हुने बताए ।

शुक्रबार एमाले नुवाकोटले बृहद् जनसभा र पार्टी प्रवेशको कार्यक्रम गरेको छ । जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १३:५३