१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

रसुवाका कांग्रेस नेता सुकिराम मोक्तानसहित १३ जना एमाले प्रवेश


२ वैशाख, काठमाडौँ । रसुवाका कांग्रेस नेता सुकिराम मोक्तानसहित १३ जना एमाले प्रवेश गरेका छन । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर उनीहरू पार्टी प्रवेश गरेका हुन । मोक्तान कालिका गाउँपालिका वडा नम्बर २ मा कांग्रेसका तर्फबाट प्रत्यासी रहेका थिए ।

सो अवसरमा कांग्रेसकै स्थानीय नेता मानबहादुर मोक्तान, सानुमान गोले, आइतराम मोक्तान, सुमन मोक्तान र सेते मोक्तान एमाले प्रवेश गरेका छन । त्यस्तै माओवादी, नयाँ शक्ति हुँदै जसपमा पुगेका जित बहादुर वाइबासहित ६ नेता एमाले प्रवेश गरेका छन ।

जसमा प्रेम गोले, चन्द्र ब।थिङ, रण ब।थोक्रा, कामी लामा मोक्तान, राम बा गोले रहेका छन । उनीहरूलाई एमाले रसुवाका सचिव जनार्दन ढकालले ओली निवासमा लगेका थिए

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १०:४८