१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

कलेजबाट फर्किएका नुवाकोटका शाैरभ प्याकुरेल चन्द्रागिरीबाट हराए


२ वैशाख, काठमाडौँ । नुवाकोटका एक युवा काठमाडाैँको चन्द्रागिरीबाट हराएका छन । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० भैँसेका सुदर्शन प्याकुरेलका छोरा शौरभ प्याकुरेल सम्पर्कबिहीन (वेपत्ता) भएका हुन । काठमाडौँको न्युरोडमा अस्थायी रूपमा बस्दै आएका शौरभ ललितपुरको सिटिजन कलेजमा अध्ययनरत रहेका थिए ।

शाैरभ त्यसदिन कलेज गएर फर्किएपछि सम्पर्कबिहीन भएको बुझिएको छ । चैत ३० गते दिउँसोदेखि परिवारको सम्पर्कबाहिर पुगेका शौरभको पछि मोबाइल अफ भएको उनको परिवारले बताएका छन । शौरभको मोबाइल अफ हुँदाको लोकेशन चन्दागिरी नगरपालिका देखिएको प्रहरीले जनाएको छ । उनको परिवारले शौरभको खोजीका लागि अपिल गरेको छ ।

नुवाकोटका पत्रकार श्रीराम नेपालले शौरभको खोजीका लागि सामाजिक सञ्जाल मार्फत अपिल गरेका छन । उनले देख्नेले परिवार, आफन्त वा प्रहरीकोमा खबर गरिदिन अनुरोध पनि गरेका छन ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १०:२७