१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नुवाकोट कांग्रेसका पूर्व उपसभापतिसहित एक हजार बढी कार्यकर्ता एमाले प्रवेश गर्दै

२ वैशाख, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका पूर्व उपसभापति यमबहादुर थापासहित एक हजारबढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्दैछन । एमाले प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्न एमाले अध्यक्ष ओली नुवाकोट आउँदैछन । नेपाली कांग्रेस नुवाकोटका अन्य पूर्व पदाधिकारीहरू पनि एमाले प्रवेश गर्ने नेताहरूले जनाएका छन । एक जना संसदीय निर्वाचनमा उम्मेदवार भैसकेका नेता समेत एमाले प्रवेश गर्दैछन ।

कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको झिनो मतान्तन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित अध्यक्ष समेत हुन । नुवाकोटमा २०५४ मा अधिंकाश स्थानमा एमाले र राप्रपाले जित्दा कांग्रेसबाट विजयी भएका थिए ।

नेपाली कांग्रेस नुवाकोटका सभापति मुकुन्द सिटौला हुँदाका उपसभापति उनी सिटौला जिल्ला विकास समितिको सभापति भएपछि उनले चार वर्ष कार्यबहाक सभापतिको रूपमा नुवाकोट काग्रेस चलाएका थिए । रामेश महत नेपाली कांग्रेस नुवाकोटको सभापति भएपछि पार्टीभित्रकै फरक समूहका नेताहरूलाई कत्लेआम गरिरहेको बेलमा अर्जुननरसिंह केसी निकटका थपा एमाले प्रवेश गरेका हुन ।

थापा एमाले प्रवेश गरेसँगै नेपाली कांग्रेसको पञ्चकन्या गाउँपालिकाको जग भत्किएको छ । यसअघि पनि कमजोर रहेको कांग्रेस अब झन कमजोर बन्न पुगेको छ । डा रामशरण महत, डा प्रकाशरण महत, रमेश महत र वैकुण्ठ मिश्रको गृह पालिकामा अब कांग्रेसलाई चुनाव जित्न थप कठिन हुनेभएको छ । यसअघि २०७४ को निर्वाचनमा महतहरूले मतदान गरेको वडामा एमाले र पालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०८:४३