१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भीम रावललाई शंकर पोखरेलको जवाफ, कमल थपामात्र होइन सिके र विप्लवलाई पनि साथ दिनुपर्छ

१ वैशाख, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व उपाध्यक्ष डा भीमबहादुर रावललाई जवाफ दिएका छन । राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेलको सहमति गरेकोमा असहमति जनाउँदै एमालेले सूर्य चिन्ह बेचेको आरोप लगाएका थिए । उनले विभिन्न प्रश्न गर्दै राप्रपा नेपाल र परिवार दलसँग सहमति गर्नु गलत भएको बताएका थिए ।

त्यसको जवाफमा महासचिव पोखरेलले कमल थापा मात्र होइन विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसालाई छोड्दा विप्लवलाई पनि एमालेमा स्वागत गर्नुपर्ने र उनीहरूले सूर्य चिन्ह स्वीकार्नु राम्रो हुने बताए । उनले भनेका छन, ‘विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसालाई छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । सूर्य चिन्ह अरुदलले स्वीकार्नु राम्रो कुरा हो ।’

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार २२:२४