२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

१ वैशाख, काठमाडाैँ । भक्तपुरको प्रसिद्व बिस्केट जात्राको पाचौं दिन अर्थात नयाँ वर्षको दिन भेलुखेलमा योसिं ः द्यो ढालिएको छ । बिहीबार दिउँसो ठड्याइएको ५५ हाते योसिं ः द्यो लाई साँझ तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ ।

त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो । भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ ।

यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ । यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ । बिस्केट जात्राको छैठौ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमि बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार १९:३९