२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

केपी ओलीले सूर्य चिन्ह बेचेको डा भीम रावलको आरोप


१ वैशाख, काठमाडाैँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा भीबहादुर रावलले पार्टीले सूर्य चिन्ह बेचेको आरोप लगाएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँँदै उनले एमालेको चिन्ह बिक्री भएको आरोप लगाएका छन । उनले के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? भन्दै प्रश्न समेत गरेका छन । उनले अध्यक्ष केपी शर्मा ओलीको नाम ने नलिइ गम्भीर सवाल उठाएका हुन ।

डा रावलले भनेका छन, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’

एमालेले बुधबार राप्रपा नेपाल र परिवार दलसँग सहमति गर्दै केही स्थानमा उनीहरूका उम्मेदवारलाई सहयोग गर्ने र धेरै स्थानमा एमालेका उम्मेदवारलाई सहयोग गर्ने र उनीहरूले सूर्य चिन्हमै चुनाव लड्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । एमाले बलियो रहेको र कसैसँग चुनावी तालमेल नहुने भनेर अध्यक्ष लगायतका नेताहरूले बारम्बार भनिरहेको परिप्रेक्ष्यममा दुई अस्तित्वबिहीन दलसँग सहमति गरेपछि चौतर्फी आलोचना समेत भैरहेको छ । सहमतिमा एमालेका तर्फबाट नेता देवेन्द्र दाहालले हस्ताक्षर गरेका छन ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार १७:१५