२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

बेलकोटगढीको उपप्रमुखमा कांग्रेसबाट पवित्रा पुडासैनीको सम्भावना बलियो


१ वैशाख, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरमा पवित्रा पुडासैनीको उम्मेदवारी हुने भएको छ । स्कुले जीवनदेखि नै नेविसंघमा सक्रिय पवित्रा अहिले भने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेकी छिन । बेलकोटगढीको भूगोल र सामाजिक परिस्थिति बुझेका कारण पवित्रानै उम्मेदवार हुने कांग्रेस स्रोतले जनाएको छ । कुमरीमा जन्मिएर जिलिङमा कर्म गरिरहेकी पवित्रा अहिले व्यवस्थापनमा स्नातकोत्तर गरिरहेकी छिन ।

पाँच दलीय गठबन्धनको केन्द्रीय नीति अनुसार बेलकोटगढी नगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले पाउने छ । त्यस्तै उपप्रमुख मतभारतको आधारमा नेपाली कांग्रेसको तर्फबाट हुनेछ । कांग्रेसको संस्थापन समूहमा रहेको र बेलकोटगढीको उपमेयरमा दाबी गर्ने अन्य महिला नेतृहरू भन्दा अब्बल भएका कारण पवित्राले टिकट पाउने एक कांग्रेस नेताले बताए । उनको प्रतिस्पर्धीमा यसअघि उपमेयरमा पराजित हिराशर्मा तिवारी र हिरा पाण्डे रहेका छन ।

स्थानीय चुनावमा भेगिए आधारमा समेत मत खस्ने भएकाले माइती र घर एउटै पालिकाको फरक फरक ठाउँमा भएकी पवित्राले व्यक्तिगत भोट समेत राम्रो लिन सक्ने बताएकी छिन । उनले पार्टीले जिम्मेवारी दिँदा राम्रो नतिजा दिन आफू सक्षम रहेको बताइन ।

केन्द्रीय नीति अनुसार नुवाकोटको तीन पालिकामा माओवादी र ९ पालिका नेपाली कांग्रेसले नेतृत्व गर्नेछ । यद्यपी स्थानीय स्तरमा सहमति नजुटेको खण्डमा गठबन्धन हुन्छ भन्ने छैन । जिल्लाको विदुर नगरपालिकामा भने कांग्रेसले नेतृत्व पाउने छ । त्यस्तै तारकेश्वरमा पनि कांग्रेसले पाउने छ । जिल्लाको बेलकोगढी, ककनी, र पञ्चकन्या बाहेकका अन्य सबै पालिकामा कांग्रेसले नेतृत्व पाउने छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार १५:०६