१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

आजदेखि सार्वजनिक यातायातको भाडा बढ्यो


१ वैशाख, काठमाडाैँ । नयाँ बर्षको पहिलो दिनदेखि सार्वजनिक यातायातको भाडा बढेको छ । वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो ।

बिहीबारदेखि लागू हुने गरी बाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

अब यात्रुले ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दामाथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यसैगरी ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ गतेदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०९:३६