१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

नेताको आलोचना गरेको आरोपमा माओवादी वीरगञ्जका अध्यक्ष अन्सारी पार्टीबाट निष्कासित


३० चैत, वीरगञ्ज । नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरपालिका समितिका अध्यक्ष रहबर अन्सारीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको छ । यसरी निष्कासित हुनेहरुमा अध्यक्ष अन्सारीसहित उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारी रहेका छन् ।

रहबर गत निर्वाचनमा माओवादीका तर्फबाट वीरगञ्जमा मेरयमा प्रतिस्पर्धा गरेका थिए भने आगामी निर्वाचनमा पनि उनी उम्मेदवार हुने चर्चा चलिरहेको थियो । तर उनलाई पार्टीबाटै निष्काशन गरिएको छ ।

माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो र संयोजक रामदरश कुशवाहाले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । पार्टीको कार्यालय तोडफोड गरि जिल्लाका जिम्मेवार नेतृत्वमाथि गाली गलौज गरेको र पार्टीलाई बदनाम गराउने कार्य उनीहरुले गरेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार २०:२७