२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

माओवादीको चिन्हमा भोट माग्दै कुलमान, अरूलाई लाग्ने आचारसंहिता उनलाई किन लाग्दैन ?


३० चैत, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोस्टर मार्फत माओवादीको लागि भोट मागेका छन । माओवादीले घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएर प्रचारप्रसार व्यापक बनाएको छ ।

निर्वाचन आचारसंहिता कुनै पनि कर्मचारीलाई यसरी खुलेआम कुनै दलका लागि मत माग्न दिँदैन तर घिसिङले पोस्टर मार्फत माओवादीका लागि भोट मागे पनि निर्वाचन आयोगले यसतर्फ ध्यान दिएको छैन ।

माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको छ । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो । जुन आचारसंहिता विपरित हो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ०९:३५