२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

भारतीय दूतावासको रात्रीभोजले मात्र नेताहरूको भोक मेटाउदैनः अध्यक्ष पराजुली


३० चैत, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भारतीय दूतावासको एक जना सामान्य कर्मचारीको विदाइको रात्रीभोजमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू सहभागी हुन कुटनीतिक मर्यादाविपरितको काम भएको बताएका छन । सामाजिक सञ्जाल मार्फत कटा टिप्पणी गर्दै अध्यक्ष पराजुलीले भारतीय दूतावासको भोजले मात्र नेताहरूको भोक नमेटिने बताएका छन ।

उनले भनेका छन, ‘सामान्य कर्मचारी विदाईमा दुतावास दुतावास गएर रात्रीभोजमा सरिक हुने कुरा कुटनितिक मर्यादा विपरित छ । यस्ता क्रियाकलापको बारेमा नेता नेतृत्वको सदैब आलोचन गर्नु पर्दछ । मर्यादा विपरित भोजले नेताहरु स्वयमको भोक मेटाउदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पुर्‍याउछ ।’

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ०८:५१