२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

नुवाकोटमा समाजवादीले ४ वडाको मात्र नेतृत्व पाउने, उप्रेती र लामिछानेको हरिविजोग


२९ चैत, नुवाकोट । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको चुनावी तालमेलमा नुवाकोटमा चार वटा वडाको नेतृत्व पाउने भएको छ । एमालेबाट जितेका तर पछि माधव नेपालले अध्यादेशबाट नयाँ पार्टी बनाएपछि गएकाहरूलेमात्र सम्बन्धित पालिका वा वडामा नेतृत्वमा पाउने गरी गठबन्धनले सहमति गरेको छ ।

जसअनुसार बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, विदुर नगरपालिकाको वडा नम्बर ६ र शिवपुरी गाउँपालिकाको ५ र ८ नम्बर वडामा समाजवादीले नेतृत्व पाउने सहमति भएको छ । नेकपा एमालेले जतिका अन्य स्थानीय तहमा भने मतभार संख्याको आधारमा नेतृत्वको टुंगो लगाउने मापदण्ड गठबन्धनले गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले तालमेलको मापदण्ड तय गरेको छ । यस्तो छ मापदण्ड ।

१ः २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने ।

२ः गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने

३ः २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

४ः २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने ।

५ः गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने ।

जस अनुसार विगतमा एमालेले जितेको नुवाकोटको बेलकोटगढी माओवादी, विदुर र तारकेश्वर नेपाली कांग्रेसले पाउनेछन । त्यहाँ २०७४ को चुनावमा माओवादी र कांग्रेस दोस्रो शक्तिका रूपमा रहेका छन । त्यस्तै जिल्लाको ककनी र पञ्चकन्या गाउँपालिकाको नेतृत्व यसअघि नै विजयी भएको कारणा माओवादीले पाउनेछ । बाँकी कांग्रेसले जितेका पालिकाहरूमा कांग्रेसले नै प्रमुख पाउनेछ ।

योसँगै नुवाकोटको शिवपुरी र तादी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीको मतको बलमा गाउँपालिका प्रमुख हुने रहर बोकेर बसेका केपी लामिछाने र पदम उप्रेतीलाइ झड्का लागेको छ । उनीहरू दुबै पालिका अध्यक्ष बन्न पाउने आशमा एमाले छाडेर अध्यादेशवाला समाजवादी पार्टीमा लागेका थिए । तर उनीहरूले आफू पालिका अध्यक्ष हुने भन्दा पनि जिल्लाभर रूख र हँशिया हथौडामा भोट हाल्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार २२:५८