२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

केपी ओली र झलनाथ खनाल जो भारतीय दूतावासको रात्री भोजमा गएनन्


२९ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय दूताजासको रात्रीभोज अस्वीकार गरेका छन । देशको पूर्व प्रधानमन्त्री राजदूताको विदाइको नाममा दूतावासमै गएर भोजमा सहभागी हुन ठीक नभएकाले नगएको बुझिएको छ । यद्यपी भारतीय राजदूत विनयमोहन क्वात्राले एमाले अध्यक्षको हैसियतामा ओलीसँग केही दिनअघि विदाइ भेट गरेका थिए ।

त्यस्तै भारतीय दूतावसले रात्रीभोजमा निमन्त्रणमा गरेको भए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले पनि दूतावासमा रात्री भोज खान गएनन् । अन्य नेताहरू बैठक छाडेर दूतावासमा भोज खान दौडिरहँदा ओली र खनाल भने भोजमा गएनन् ।

यद्यपी प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सत्ता गठबन्धनको बैठक नै छाडेर दूतावासको रात्रीभोजमा सहभागी हुन पुगेका छन । उनीहरू केहीबेर अघि भारतीय दूतावास लैनचौरमा पुगेर भोजमा सहभागी भएका छन ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार २१:५८