२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

जुम्लाकाे तातोपानी भ्यान दुर्घटना, १२ जना घाइते


-दिलमाया शाही

२९ चैत, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपमा सवार १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे१ज १२२० नम्बरको जिप दुर्घटना भएको बताएका छन् ।

घाइते हुनेमा हिमा गाउँपालिका-४ की १७ वर्षीया जमुना शाही, सोही गाउँपालिका-७ का ४१ वर्षीय वीर्ख शाही, तिलागुफा नगरपालिका-२ का ४८ वर्षीय रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षीय बेलुकृष्णा बोहोरा रहेका छन् ।

त्यस्तै हिमा १ का १५ वर्षीय विवेक शाही, सिजा गाउँपालिका-३ का ३१ वर्षीय करबहादुर नेपाली, सोही गाउँपालिका-२ का ३६ वर्षीय जीवनप्रसाद तिवारी रहेका छन् ।

त्यस्तै सिजागाउँपालिका-३ वस्ने ४२ वर्षीय मेघबहादुर सार्की, हिगाउँपालिका-४ का २५ वर्षीया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ ।

त्यस्तै तिलागाउँपालिका-८ का ३० वर्षीय धनलाल बस्नेत र तिला-१ का ५८ वर्षीय चाउरे बुढा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नरेन्द्र चन्दले बताए । प्रतिष्ठानमा एक चालकसहित १२ जनाको उपचार भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले घाइते १२ जना मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ । अरु सबै सामन्य अवस्था छन उपचार भइरहेको छ ।

केही यात्रुलाई गम्भीर चोट लागेको छ । उनीहरूको एक्सरे गर्ने काम भइरहेको छ । तीब्र गतिको भ्यान सिँधै सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार २०:३६