१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

लाज पचेकाहरूले गठबन्धन गर्ने भन्दै जनतालाई भेँडा नबन्न पशुपति शर्माको आग्रह


२९ चैत, काठमाडाैँ । चर्चित लोकगायक पशुपति शर्माले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने राजनीतिक दलहरू माथि निर्मम प्राहर गरेका छन । गीत संगीतमा विकृति र विसंगतीका बारेमा निर्मम ढंगले व्यग्य र खबरदारी गर्ने शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सिद्धान्त र विचार नमिल्नेहरू र एकले अर्कालाई विश्वास गर्न नसक्नेहरूले गठबन्धनको नाटक गरेर जनतालाई भेँडा बनाउन खोजेको उनले बताएका छन ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सिद्धान्तिहन गठबन्धन गरेर लाच पचाएको शर्माले बताएका छन । उनले फरक फरक चुनावी घोषणापत्र हुने भएपछि गठबन्धन केका लागि भन्दै प्रश्न पनि उठाएका छन ।

शर्माले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘लाज पचेकाहरुले हो गठबन्धन् गर्नी,,सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन,,,चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्,,,,के हो यो गठबन्धन,,,,,आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!!! कार्यकर्ता र जनता कती भेडा हुन्छौ सोच्नी बेला भयो अब ।’

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १२:०१