१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

युक्रेन भन्छ–रुसले ठूलो संख्यामा सर्वसाधारणलाई आफ्नो भूभागमा लग्यो


२९ चैत, किभ । युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।

‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।

युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउँदै आएको छ । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । पूर्वीयुक्रेनको दोनबासलगायतका क्षेत्रमा आक्रमण गरेपछि त्यहाँबाट ठूलो संख्यामा सर्वसाधारण पलायन भएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ११:४५