२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

टिकट नपाएपछि झापाका डिल्ली घिमिरेले रूँदै एमाले छाडे (भिडियोसहित)


२९ चैत, काठमाडाैँ । मेयर पदको टिकट नपाएपछि झापाका एक एमाले नेताले एमाले छाडेका छन । नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य डिल्ली घिमिरेले मेचीनगरको मेयरको टिकट मागेका थिए तर उनी सिफारिसमै नपरेपछि एमाले नै छाडेका छन ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक म माथि भएको अन्याय सहन सकिन एउटैलाई थपीथपि जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुडबन्दीका नाइके हरुसँग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मिति बाट नेकपा एमाले को सम्पूर्ण जिम्मेवारीबाट बिदा लिए मलाई माया गर्नुहुने सम्पूर्ण मित्रहरूसँग क्षमा चाहान्छु।’

उनले केहीबेर अघि पत्रकार सम्मेलन गरेर आफूमाथि अन्याय भएको र केही नेताहरूले निरन्तर पेल्दै ल्याएर रूँदै पार्टी छाड्ने अवस्थामा पुर्याएको भन्दै रोए । उनले पत्रकार सम्मेलन मार्फत एमाले छाडे पनि तत्काल अन्य पार्टीमा नजाने बताए । यद्यपी उनले समाजका लागि केही काम गरेर देखाउने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार ११:०५