२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

हुम्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु


२८ चैत, सिमकोट । हिमाली जिल्ला हुम्लामा राष्ट्रिय अभियानका रुपमा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियान अन्तर्गत सिमकोट गाउँपालिकामा रहेका विद्यालयमा आजबाट खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन दुई सय ४५ र दोस्रो दिन एक हजार एक सय ७८ बालबालिकाले खोप लगाएका छन् ।

आइतबार सिमकोट गाउँपालिका-७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले खोप लागएका छन् । सोमबार सिमकोट गाउँपालिका- ३, ५, र ६ मा रहेका विद्यालयमा खोप लगाइएको छ । नेपाल सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने नीति अनुरुप हुम्लामा पनि खोप लगाउन सुरु गरिएको हो । आज सञ्चालन भएको खोप अभियानलाई स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख सिंहले प्रेमबहादुर सिंहले अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १८:२३