१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

इमरान खानको पार्टीले देशव्यापी प्रदर्शन गर्ने


२८ चैत, इस्लामावाद । संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ती पक्रिया सुरु गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध गरेको गर्ने निर्णय गरेको छ ।

‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पीटीआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । निर्वतमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानाकारी दिए ।

अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरुले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १४:१८