१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

मधेस प्रदेशसभाको बैठक आज बस्दै


२८ चैत, जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १२:४७