१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

एनआईसी एसिया बैंकको प्रभु लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

१ भदाै, काठमाडाैँ । एनआईसी एसिया बैंकले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झैताअनुसार बैंकका ग्राहकले सबैै शाखाबाट सहज रुपमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछ। सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गर्नुभयो ।

यसैबीच एनआईसी एसिया बैंकले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब एनआईसी बैंकका सवै शाखाबाट प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको पनि जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गर्नुभयो ।

बैंकको २३७ शाखा कार्यालय, २३० एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १७ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १८१ अर्बभन्दा बढी पुगेको छ बैंकको निक्षेप १५३ अर्ब कर्जा १२४ अर्ब रुपियाँ रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ०८:४७