१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

एमाले रत्ननगर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा टंक दुवाडी


२६ चैत, काठमाडौँ । नेकपा एमाले रत्ननगर काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा टंक दुवाडी चयन भएका छन । शनिबार काठमाडौँमा भएको मञ्चको प्रमथ सम्मेलनले दुवाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा सुस्मिता वन र रविन शर्मा चयन भएक छन । सचिवमा अनिश भट्ट, उपसचिवमा कपिल भट्ट र नविन अधिकारी र कोषाध्यक्षमा सागर पोखरेल चयन भएका छन ।

सदस्यहरूमा स्‍मृति वन, डि बि लोप्चन, राजेन्द्र दुवाडी, विशाल दत्त, विवेक श्रेष्ठ, तुल्सिराम पराजुली, डा। देवल भट्टराई चयन भएका छन । एमाले केन्द्रीय सदस्य निरज आचार्यको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य पार्वती रावलको विशेष आतिथ्यतामा भएको सम्मेलनको अध्यक्षता सुनिल तिवारीले गरेका थिए ।

सो अवसरमा केन्द्रीय सदस्यद्धय आचार्य र रावल तथा एमाले चितवन काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष आर सी कँडेल,  पूर्व अध्यक्ष धर्मराज पौडेल, सम्पर्क मञ्चका नेता नारायण खनालले मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार २१:३१