१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

 रिलायन्स लाइफ इन्स्योरेन्सका पाँच वटा नयाँ शाखा एकैपटक सञ्चालनमा

१ भदाै, काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्सले पाँच वटा नयाँ शाखा एकैपटक सञ्चालनमा ल्याएको छ । रिलायन्सले  काठमाडौंको चाबहिल, कलंकी, महाराजगन्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपा गरी ५ वटा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाहरूको कम्पनीका अध्यक्ष तारा चन्द केडियाका साथै कलंकीमा कामनपा वडां न १४ का वडाध्यक्ष शोभा सापकोटा, चाबहिलमा कामनपा वडां न ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल, महाराजगञ्जमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, भक्तपुरको च्यामासिंहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र काभ्रेपलाञ्चोकको बनेपामा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीलगायत स्थानीयको उपस्थितिमा भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ०८:४१