१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा लिम्बु (निर्वाचितको सूचीसहित)

२४ चैत, काठमाडाैँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको ‘दोस्रो राष्ट्रिय महाधिवेशनले एल पी साँवा लिम्बुको नेतृत्वमा २९९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । काठमाण्डौंको प्रज्ञा भवनमा बिहीबार सम्पन्न भएको दोस्रो महाधिवेशनबाट प्रतिनिधि सभा सदस्य समेत रहेका लिम्बु अध्यक्षसँगै अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

महासंघको उपाध्यक्षतर्फ चेतनारायण पाण्डे, बाकृष्ण शिवाकोटी, डेकनाथ गौतम, डा।तिलचन्द्र भटटराई, डि।बि बस्नेत र सुर्यबहादुर थापा रहेका छन् । महासचिवमा भागिरथ सापकोटा, उपमहासचिव मिनबहादुर तामाङ र सुवर्ण श्रेष्ठ, कोषाध्यक्षमा मोहनकुमार डाँगी, सचिवमा बलाराम भट्टराई, मोतिराज ज्ञवाली, केदार बहादुर बस्नेत, रघुनाथ पुरी र खडकबहादुर खत्री रहेका छन् ।

यस्तै लेखा कमिटी संयोजक प्रकाश पौडेल, अनुशासन कमिटी संयोजक खोपनिधि लोहनी, निर्वाचन कमिटी संयोजकमा निरज राई चयन भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महासंघको महाधिवेशन बुधबारबाट शुरु भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार २१:३३