१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कृषि विकास बैंक उर्लाबारी शाखाद्वारा एक वर्षमा ५७ करोड ५७ लाख कर्जा प्रवाह

३१ साउन, मोरङ । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७/४७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो ।

गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिनुभयो । रु पाँच करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत आवमा रु पाँच करोड ६३ लाख ८२ हजार असुली गरेको छ ।

गत आवमा रु सात करोड २४ लाख ७२ हजार खुद आम्दानी गरेको सो बैंकले जनाएको छ । बैंकमा आठ सय आठ ऋणी तथा तीन हजार आठ सय निक्षेपकर्ता रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार १४:५०