२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

 कृषि विकास बैंक लिमिटेडले ११० प्रतिशत ऋण असुल गर्याे

२९ साउन,विराटनगर । कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६ करोड ४५ लाख २५ हजार असुल गरेको छ ।

मेची–कोशी अञ्चलका १० जिल्लामा कार्य क्षेत्र रहेको यो बैंकको क्रृण असुली समग्रमा ११० प्रतिशत रहेको बैंकका अधिकृत उमेशकुमार मास्केले वताउनु भयो ।कृषि क्षेत्रमा मात्र लगानी गरिरहेको यो बैंकले मेची अञ्चलमा रु तीन अर्ब ७७ करोड २३ लाख १९ हजार लगानी गरेकामा रु तीन अर्ब आठ करोड ८२ लाख ४९ हजार असुल गरी ९६ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

यसैगरी कोशी अञ्चलमा रु नौ अर्ब २१ करोड ९५ लाख ३८ हजार ऋण लगानी गरेकामा रु आठ अर्ब सात करोड ६२ लाख ७६ हजार असुल गरी ११६ प्रतिशत प्रगति गरेको अधिकृत मास्केले जानकारी दिनुभयो । कूल २३ हजार ७३० ऋणी रहेका यो बैंकको ऋण लगानी र असुली सन्तोषजनक रहेको कार्यालय प्रमुख पप्पुबाबु श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : August 14, 2018 at 12:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/