२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

वीरगञ्ज महानगरपालिकाका दुई वडा अध्यक्षसहित २२ नेता एमालेमा, ओलीले गरे स्वागत

७ चैत, काठमाडाैँ । स्थानीय तहको निर्वाचन जति नजिकिदैं छ उती एमाले प्रवेशको लहर बढी रहेको छ । कोही दिन मेयर त कोही दिन उपमेयर,कोही दिन वडाअध्यक्षहरु अन्य पार्टी छोडेर एमालेमा प्रवेश गर्ने लहर थप तिव्र बनेको छ । यसैक्रममा आज वीरगञ्ज महानगरपालिकाका दुईजना वडा अध्यक्ष सहित २२ नेता अध्यक्ष केपी शर्मा ओली निवास आएर एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज निर्मला देवकोटाका अनुसार वीरगञ्ज २५ का वडाध्यक्ष विश्वराज कुर्मी र २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी सहितको टोली एमाले प्रवेश गरेको हो । यसैगरी जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य अजय साह,पर्सा जिल्ला समन्वय समितीका सदस्य अमोर यादवसहित विभिन्न वडाका जनप्रतिनिधीहरु एमालेमा प्रवेश गरेका छन् ।

दुईसाता अघि मात्र एमाले प्रवेश गर्नुभएका वीरगञ्ज महानगरका मेयर विजय सरावगीको उपस्थितीमा अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई एमालेमा स्वागत गर्नुभएको हो । अध्यक्ष ओलीले नव प्रवेशरुलाई विना कुनै भेदभाव एमालेमा जिम्मेवारी दिने बताउनुभएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ११:४०