२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

एमालेले ७० प्रतिशत स्थानीय तहमा चुनाव जित्ने शेरबहादुर तामाङको घोषणा

७ चैत, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले एमालेले एउटामात्र काम गर्न सके ७० प्रतिशत स्थानीय तहको निर्वाचन जित्न सक्ने दाबी गरेका छन । सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुक मार्फत एमालेको झण्डाको सहितको टिप्पणी राख्दै पूर्वमन्त्री तामाङले एमाले आन्तरिक ब्यबस्थापन महत्वपूर्ण हुने बताएका छन ।

उनले भनेका छन, ‘यसपाली स्थानीय तहको निर्वाचनमा नेकपा ९एमाले० लाई हराउन सक्ने तागत कसैसंग छैन । यदी एमाले हार्छ भने आफैंभित्रको आन्तरिक खिचातानीले हार्छ । आकांक्षी उम्मेदवारहरु धेरै हुने र त्यसको ब्यबस्थापन नै एमालेको लागि अहिले चुनैती हो । सही ढंगले उमेदवारहरुको ब्यबस्थापन गर्न सकिएन भने हातमा आउने परिणाम पनि नाआउन सक्छ । तसर्थ सही ढंगले आन्तरिक ब्यबस्थापन नै एमालेको जितको वास्तविक साँचो हो । यति गर्न सक्दा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहको जित सुनिश्चित हुन्छ ।’

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०९:२९