२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

नेपालले एमसीसी अनुमोदन गरेपछि चिनियाँ बिदेशमन्त्री यी पहिलो पटक काठमाडौँ आउँदै

७ चैत, काठमाडाैँ । चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउने भएका छन् । नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।

नेपालले एमसीसी संसदबाट अनुमोदन गरेपछि पहिलो उच्चस्तरीय चिनियाँ प्रतिनिधिको भ्रमण हो । चीनले एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीति भएकाले नेपालले स्वीकार गर्न नहुने राय दिँदै आएको थियो । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय बैठक बस्नेछ ।

नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शिर्ष नेताहरुसग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ बिदेश मन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ०९:१७