१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

खैरहनीको वडा कमिटी गठनमा एमालेको नयाँ प्रयोग, पहिला घरदैलो त्यसपछि कमिटी (फोटोफिचर)


६ चैत, चितवन । नेकपा एमालेले देशैभर वडा कमिटी गठनलाई तीब्रता दिइरहेको छ । यहीक्रममा चितवनको खैरहनी ८ मा भने अलि फरक दृष्य देखिएको छ । अन्य ठाउँमा टोल कमिटी गठन गर्ने ठाउँमा गएर नेताहरूको हुलै जम्मा भएर भाषणवाजी गरिरहेका हुन्छन तर खैरहनीको ८ मा भने घरदैलो गरेर एमालेको प्रचार बाँड्दै अन्तिममा टोल कमिटीको घोषणा भएको छ ।

‘घरघरमा एमाले टोल टोलमा एमाले जनताको सुख दुखमा एमाले’ भन्ने नारासहित घरदैलो अभियानसहित टोल कमिटी गठन गरिएको एमाले चितवनका जिल्ला कमिटी सदस्य सुरज थपलियाले दैनिकीलाई जानकारी दिए । थपलियाका अुनसार एमाले मिलिजुली टोल विकास कमिटीमा  डम्बर कार्कीको नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरिएको छ । घरदैलो अभियान तस्बीरमा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आईतवार ११:५०