१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

कांग्रेस नेता चक्रसिंह ह्याकीद्धारा पार्टी परित्यागको घोषणा, इज्जत मिल्ने पार्टीमा जाने


५ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका नेता चक्रसिंह ह्याकीले पार्टी परित्यागको घोषणा गरेका छन । दार्चुलाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका चक्रसिंहले साधारण सदस्यतासमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

०४८ सालदेखि कांग्रेसमा आबद्ध उनी व्याँस गाउँपालिका–२ राप्लाका स्थानीयसमेत हुन । उनले कांग्रेसभित्र इमान्दारहरूको इज्जत लुटिन थालेको बताए ।

उनले  जिल्ला नेतृत्वदेखि केन्द्रीय नेतासम्मले चाकरी र चाप्लुसी गर्नेहरुलाई मात्र बोकेकाले पार्टी छाड्ने अवस्थामा पुगेको बताए । उनले तत्काल पार्टी प्रवेशको कार्यक्रम नरहेको भए पनि समान्न र इज्जत मिल्ने पार्टीमा जाने बताएका छन ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १५:२५