१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

सिन्धुलीमा प्रचण्डको समाचार संकलन गर्न गएका पत्रकार बुद्धकुमार अछामी पक्राउ


५ चैत, सिन्धुली । प्रेस चौतारी सिन्धुलीका नेता बुद्धकुमार अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिवार सिन्धुली जाने क्रममा त्यहाँका स्थानीय द्वन्दपीडित, घाइते, अपांग र बेपत्ता परिवारका सदस्यले कालो झण्डा देखाउने कार्यक्रममा उनी समाचार संकलन गर्न गएका थिए । सोही क्रममा प्रहरीले अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १४:३८