५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

नोबल पुरस्कार विजेता लेखक नाइपलको निधन

२७ साउन, काठमाडाैँ । नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नाइपलको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको छ। सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका नाइपल आफ्ना महान् साहित्यिक कृति ‘अ हाउस फर मिस्टर विश्वास’ र ‘अ बेन्ड इन द रिभर’का लागि चर्चित छन्।

३० भन्दा बढी पुस्तक लेखेका भिएस नाइपलले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जितेका थिए। नाइपलका निकट साथी तथा मेल पत्रिकाका सम्पादक जियोर्डी ग्रेगले उनको निधनले ब्रिटेनको साहित्यिक सम्पदामा एउटा अपूरणीय क्षति पुगेको तर उनका कृतिहरू भने सँधै जीवित रहनेमा कुनै शंका नरहेको प्रतिक्रिया दिएका  छन । सामाजिक सञ्जालहरूमा पनि नाइपलका प्रशंसकहरूले उनको निधनप्रति दुख व्यक्त गरेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार ०७:२३