गठबन्धन भत्काए भत्काऊ तर सडक नभत्काऊ
-निलाम्बर आचार्य
सरकारमा नबसे नबस
तर हिंसाको भाषा नबोल
उत्तेजना नउक्साऊ।
गठबन्धन भत्काए भत्काऊ
तर सडक नभत्काऊ
सडक नरोक।
सडकमा टायर नबाल
बिरुवा नभाँच
ढुंगामुढा नगर।
सभ्य नागरिकले
त्यसो गर्न मिल्दैन।
विरोध प्रदर्शन स्वतन्त्रताको
उपयोग गर्न हुन्छ,
दुरूपयोग गर्न मिल्दैन।
प्रकाशित मिति : February 25, 2022 at 1:02 pm







