२ असार २०८१, आईतवार | Mon Jun 17 2024

फागुन तेस्रो साता पाँच पोखरी जिल्लास्तरीय क्रिकेट हुने 


११ फागुन, काठमाडौं । फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।  आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८  टिम सहभागी हुनेछन् । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ  ।  टिम प्रवेश प्रवेश शुल्क १२ हजार रहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः  ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १६:०९