पूर्व प्रधानमन्त्री ओलीलाई एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्रदान
९ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीलाई एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गरेका छन ।
नेपाल स्काउटका तात्कालिन संरक्षक ओलीले स्काउटकाे एशिया प्रशान्त क्षेत्रको उच्च पदक “मेधावी योगदान” प्राप्त गरेकाे नेपाल स्काउटका संयाेजक लाेकबहादुर भण्डारीले जानकारी दिए ।
आज समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धन मार्फत बालबालिका तथा युवाहरुको सर्बपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको हो।
ओली “मेधावी योगदान” पदक प्राप्त गर्ने पहिलो नेपाली हनु भने यस बर्ष यो पदक ओलीलाई मात्र प्रदान गरिएको छ ।
प्रकाशित मिति : February 21, 2022 at 8:43 pm




