२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

बहुमत सांसदको बिरोधका बीच सरकारले संसदमा प्रवेश गरायो एमसीसी


८ फागुन, काठमाडौँ । दलहरूको विरोधका बीच प्रतिनिधि सभामा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा अगाडि बढेको छ । बहुमत सांसदको बिरोधका बीच सरकारले संसदमा एमसीसी प्रस्तुत गरेको हो ।

नेकपा एमाले, माओवादी, समाजवादी, जनमोर्चा र नेमकिपाका सांसदहरूको विरोधका बाबजुद सरकारले प्रतिनिधि सभाको बैठकमा  एमसीसी प्रस्तुत गरेको हो । सभामुख अग्नि सापकोटाले ज्यादै महत्वका भएका कारण संसदमा एमसीसी प्रस्तुत गरिएको बताए ।

संसद्को कार्यसूचीमा एमसीसीको एजेण्डा समावेश भएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपा एमालेका भीम रावल, माओवादी केन्द्रका देव गुरुङ र राष्टिय जनमोर्चाकी दुर्गा पौडेलले केही मन्तव्य नै राखेर आपत्ति जनाए । रावलले अमेरिकाको धम्कीका सामु सरकार झुकेको आरोप लगाए । नेमकिपाका प्रेम सुवालले एमसीसीमा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग संसदले स्पष्टीकरण लिनुपर्ने बताए ।

यद्यपी सरकारले सबैको बिरोधका बीचमा संसदमा एमसीसी टेबुल गर्यो । काठमाडौँमै रहेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा पेश गर्ने कार्यसूची बनेको भए पनि उनको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा प्रस्तुत गरे । उनले एमसीसीले नेपालीलाइ लाभै लाभ हुने दाबी पेश गरे ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अझै दोहोरो चरित्र कायम राखेको देखिएको छ । उनीहरूले कार्यकर्तालाइ बानेश्चर चोकमा राखेर बिरोध गरेकोजस्तो गराउँदै एमसीसी संसदबाट अनुमोदन गराउने तयारी गरेका छन । माओवादीले औपचारिक निर्णय गर्न बाँकी छ भने समाजवादीले शनिबारकै बैठकबाट विकास आयोजनाका रूपमा एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १४:१७

https://srdb.com.np/